अन्तर्राष्ट्रिय अवार्ड विजेता लघु चलचित्र ‘फुर्लुङ’ अब यूट्युबमा


Furlung Nepali Short Movie

काठमाडौं– चलचित्रकर्मी दिनेश खड्काद्वारा निर्देशित छोटा चलचित्र ‘फुर्लुङ’ यूट्युबमार्फत सार्वजनिक भएको छ ।एउटा पृथक कथामा आधारित उक्त चलचित्रमा भूकम्पले निम्त्याएको परिस्थितिलाई चित्रण गरेको छ ।चलचित्रमा एउटा दनुवार वस्तीको एउटा सानो गरिव परिवारको कथा चित्रण गरिएको छ, जो माछा मारेर बेचेको पैसाले जिविकोपार्जन गरिरहेको छ ।

कष्टकर जीवन बिताइरहेको त्यही दनुवार परिवारमा भूकम्पले अर्को विपत्ति निम्त्याउँछ, उनीहरुको घर मात्रै भत्किँदैन, ७ वर्षीया बालिकाले भूकम्पमा आमालाई गुमाउँछिन् ।

केही समयको अन्तरालमा ती बालिकाले वृद्ध बुवालाई समेत गुमाउँछिन् ।टुहुरो भएकी ती बालिकाले साना काखे भाइलाई पिठ्यँमा बोकेर कम्मरमा फुर्लुङ भिरेर बल्छि लिएर खोलातर्फ लाग्छिन् ।ती बालिका बाँच्नका लागि जीवन संघर्ष गरिरहन्छिन् ।जीवनका यीनै वास्तविक यथार्थतालाई समेटिएको चलचित्र हो – ‘फुर्लुङ’ ।

यो चलचित्रलाई दुई दर्जनभन्दा बढी नाटक, म्युजिक भिडियो तथा चलचित्र सूट र प्रदर्शनको लागि तयार भएको चलचित्र इन्काउन्टरका मुख्य अभिनेता दिनेश खड्काले लेखन तथा निर्देशन गरेका छन् ।

विभिन्न अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा सहभागि भएर केही पुरस्कार समेत जितिरहेको निर्देशक खड्काले बताएका छन् ।

करिव २२ मिनेट लामो यो चलचित्रमा अनुष्का खड्का, अशोक सिवाकोटी, ज्ञानेन्द्र कोइराला, जीवन थापा, आरभ खड्का, कृष्णभक्त दनुवार, बेद प्रसाद दनुवार, राधेश्याम श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।

केशव अधिकारी यो चलचित्रका छायांकार हुन् ।चलचित्रमा सूर्य कमल राईको संगीत तथा स्वरको एउटा गीत समावेश गरिएको छ, जसलाई नुरकुमार दनुवारले रचना गरेका हुन् ।


टिप्पणी छोड्नुहोस्