नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चमा ‘श्रीकृष्ण श्रेष्ठ’ निर्वाचित


नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । आज काठमाडौंमा सम्पन्न बृहत कार्यकर्ता भेला तथा मञ्च पुर्नगठन कार्यक्रममा श्रेष्ठ अध्यक्ष, उपाध्यक्ष कृष्ण गिरी, सचिव फुर्बा तेन्जिङ शेर्पा, उप-सचिव ईश्वर आचार्य र कोषाध्यक्ष ढोकल आले निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा तुल ब. राई, रेस्मा खत्री, जमुना राई, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, अनन्त राई, ईन्दिरा भट्टराई, पर्शुराम रोक्का, खगेन्द्र वि.क., महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, सन्जिव राई, लाक्पा शेर्पा, ओम ब. श्रेष्ठ, र्फुतेन्जि शेर्पा, गंगा ब. श्रेष्ठ, कमल प्रधान, दिपेन्द्र कार्की, गोविन्द राई, असोक कार्की, सुमन राई, प्रिन्स अधिकारी, पेम्नुरी शेर्पा, सुरज राई, टेक ब. मगर, अनुजा श्रेष्ठ, रेश्मा पौडेल, रन्जना शेर्पा, विजय राई, पर्वत शंकर, कविता राई, पेम्बा शेर्पा, आङकाजी शेर्पा, मनिकला राई निर्वाचित भएका छन् ।

प्रदेश सम्पर्क कमिटी सदस्यमा सुदिप बहादुर अधिकारीलाई मनोनित गर्ने जिम्मा प्रदेश सम्पर्क कमिटीले लिएको छ । प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं. १ का अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्रि के.पि. शर्मा वलीका स्वकीय सचिव ईन्द्र भण्डारीले निर्वाचित पदाधिकारी तथा सदस्यका नाम घोषणा गरेका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य तथा १ नं. प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए । साथैं केन्द्रिय कमिटी सदस्य तथा संघीय संसदका मुख्य सचेतक माननिय विशाल भट्टराई, पूर्व संस्कृति तथा पर्यटन मन्त्रि कृपाशुर शेर्पा, सोलुखुम्बु प्रदेश नं. १ का माननिय उत्तम कुमार बस्नेत, प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं.१ का सचिव नन्द कुमार राई, प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं. १ का कार्यालय सचिव खण्डमान राई, युवासंघका केन्द्रिय उपाध्यक्ष रोशन बस्नेत, जिल्ला कमिटी सदस्य लाल ब. वि.क., प्रदेश सम्पर्क संगठन कमिटी सदस्य नगेन्द्र खनाल, शशीकला रोकाहा लगायतले नव निर्वाचत पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रदेश सम्पर्क संगठन कमिटीका सदस्य पारुहाङ्ग राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका पूर्व अध्यक्ष तथा प्रदेश सम्पर्क संगठन कमिटीका सदस्य रेजिन श्रेष्ठले गरेका थिए ।


टिप्पणी छोड्नुहोस्