सर्लाहीको बलरामा माओवादीका रामाशंकर प्रसाद कुशवाहा विजयी


११ वटा वडामा ७ वडामा नेपाली कांग्रेस, दुई वटा वडामा माओवादी र एक वडामा लोसपा निर्वाचित

राकेश गुप्ता
सर्लाही,३ जेठ ।सर्लाहीको बलरा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) ले जित निकालेको छ । बलरामा माओवादी केन्द्रबाट नगर प्रमुखमा रामाशंकर प्रसाद कुशवाहा र उपप्रमुखमा कोशिला देवी निर्वाचित भएको छ । आज बिहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुखमा कुशवाहाले ४६४३ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार अभय कुमार सिंहले ३६३१ मत प्राप्त गर्नुभएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिनुभयो । त्यस्तै उपप्रमुखमा कोशिला देवीले ४३५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार रागनी देवीले ३७४० मत प्राप्त गर्नुभएको थियो ।

रामाशंकर प्रसाद कुशवाहा

बलरा नगरपालिकामा ११ वटा वडा रहेको छ जस मध्ये ७ वटा वडामा नेपाली कांग्रेसको उम्मेदवारहरु निर्वाचित भएको छ, ३ वटा वडामा माओवादी केन्द्रका वडा अध्यक्षहरु निर्वाचित भएको छ भने एउटा वडामा लोसपाका उम्मेदवार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत यादवले जानकारी दिनुभयो ।यो सँगै सर्लाहीमा माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ भने नेपाली कांग्रेसले भने दुई वटा गाउँपालिका र एउटा नगरपालिका गरी तिन पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोलेको छैन ।


टिप्पणी छोड्नुहोस्