बालेनको जीत सुनिश्चित


काठमाडौं महानगरपालिकाको अहिलेको ताजा अपडेट अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत सुनिश्चित जस्तै भएको छ। अहिले सम्म सम्पूर्ण उम्मेदवारले प्राप्त गरेको मत ८४,२८१ रहेको छ। ३,००,२४२ मतदाता रहेको काठमाडौँमा यसपाली जम्मा ६४% मत मात्रै खसेको थियो जस अनुसार १,९२,१५५ मत रहेको छ। अब गणना हुन बाँकी मत १,०७,८७४ रहेको छ।

बालेन्द्र साह

अहिले सम्म स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ३८,३३३ मत, नेपाली कंग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठ २१,२९९ मत र केशव स्थापितको २१,००८ मत रहेको छ। यहि अनुपातमा अघि बढ्ने हो भने बालेन्द्र साहको जीत सुनिश्चित देखिन्छ। ’cause, सम्पूर्ण उम्मेदवारले प्राप्त गरेको मतमा ४६% मत एक्लो बालेन्द्रको रहेको छ।


टिप्पणी छोड्नुहोस्