देश दुर्घटना हुनबाट बच्यो, भरतपुरमा रेनुले जित्यो


समाचार। भरतपुरमा रेनु हार्यो भने देश दुर्घटनामा जान्छ भनेर चितवन चुनावी आमसभामा सम्बोधन गर्दै रेनु पिता एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बोलेका थिए। यस हिसाबले देश दुर्घटनामा नजाने भयो, भरतपुरमा रेनु दाहाल भारी मत अन्तरले विजयी भएका छन्।


रेनुले १२,४४९ मत अन्तरले जितेकी हुन्। रेनुको ५२,०३० मत रहेको छ भने, उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको ३९,५८१ मत रहेको छ।
त्यस्तै उप-प्रमुखमा पनि गठबन्धनका कंग्रेस उम्मेदवार चित्रसेन अधिकारी ५२,८०३ मतका साथ् विजयी भएका छन्।


टिप्पणी छोड्नुहोस्