ललितपुरमा फेरी, चीरीबाबु


समाचार। ललितपुर महानगरपालिकामा फेरी एकपटक चीरीबाबु महर्जन निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ४२,७२२ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २४,५६० मत ल्याएका छन्।दुई प्रतिस्पर्धीको बिचमा १८,१६२ मत अन्तर रहेको छ ।


यस्तै उप-प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार मन्जली शाक्य बज्राचार्य २५,०८५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्राचार्यले १८,७५२ मत ल्याएका छन् ।
यस महानगरपालिकामा कूल जनसंख्या २,९९,८४३ रहेको छ भने कुल मतदाता संख्या १,२२,८९० रहेको छ । जसमा ५९,४५३ पुरुष र ६३,४३७ महिला रहेका छन् । यस महानगरपालिकामा २९ वडा छन् ।