सुपर भन्दा उपर सुनिता डंगोल


नेशनल क्रस सुनिताले बनाए नेशनल रेकर्ड, अहिलेको सर्वाधिक मत र अहिलेसम्मको सर्वाधिक मत अन्तर
नेशनल क्रस सुनिता डंगोलले गणतन्त्र स्थापना पछिको सर्वाधिक मत र सर्वाधिक मत अन्तरको रेकर्ड बनाएका छन्। उनका प्रतिद्वन्दी र उनको मत अन्तर ४४ हजार ८ सय ६ रहेको छ। जुन अहिले सम्मको सबभन्दा बढी मत अन्तर हो। उनको अन्तिम मत परिणाम ६८ हजार ६ सय १२ रहेको छ भने, उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार रामेश्‍वर श्रेष्ठको जम्मा २३ हजार ८ सय ६ रहेको छ। जब कि मेयरका उम्मेदवार बालेन्द्र साह र उनका प्रतिद्वन्दी सिर्जना श्रेष्ठको मत अन्तर जम्मा २३ हजार ४ सय २६ रहेको छ। त्यस्तै मत संख्या पनि सर्वाधिक हो, मेयर बालेन्द्र साहको ६१७६७ मत र पूर्व मेयर विद्यासुन्दर शाक्य ६४९१३ मत रहेको थियो।

Sunita Dangol

२०७४ सालको मत परिणाम हेर्ने हो भने पनि मेयरका उम्मेदवार नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत र नेपाली कंग्रेसका राजुराज जोशी ४५ हजार २ सय ६९ मत रहेको थियो फरक मत १९ हजार ६ सय ४४ मात्र रहेको थियो। त्यस्तै, उप मेयरमा पनि नेपाली कंग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ ५८ हजार ९ सय ५२ मत राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ ३४ हजार ८ सय ५४ मत रहेको थियो र फरक मत २४ हजार ९८ मत मात्रै रहेको थियो।


टिप्पणी छोड्नुहोस्