काठमाण्डौंमा कल सेन्टर शुरु, कुनै गुनासो भए यसमा कल गर्नुहोस्


सोमबार देखि काठमाण्डौं महानगरपालिकाको कल सेन्टर सञ्चालनमा आएको छ । गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।


महानगरका प्रमुख बालेन्द्र साहले भने ‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं। १६६००१ र ०५५११ मा सम्पर्क गर्न सकिनेछ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ ।’

बालेन्द्र साह

टिप्पणी छोड्नुहोस्