बालेनले यमबुद्धको हैन बुद्धले बनाइसके सालिक


सालिक बनाउन मन लागे कसले छेक्छ र ?

काठमाडौँका विवादित मेयर बालेनले यम बुद्धको सालिक बनाउँछु, आफ्नै पैसाले बनाउँछु भने पनि त्यो चर्चाको विषय मात्र भैरहेको अवस्थामा जहाँ इच्छा त्यहाँ उपाय र खाने मुखलाई जुङ्गाले कहाँ छेक्छ र भनेको जस्तै रामेछापका बुद्ध गौतमले आफ्नै बुवा आमाको सालिक आफ्नै आँगनमा बनाएको २ वर्ष भै सक्यो।

समाजसेवी एवं कोमल मनका धनी नाम पनि बुद्ध मान्छे पनि बुद्ध जस्तै ज्ञानी बुद्ध गौतमले आफ्ना जन्मकर्ता सक्षात भगवान बुवा आमाको मूर्ति बनाउन लगाएका हुन्।

मेयर बालेनले यम बुद्ध भन्दा बरु बुद्धको मूर्ति बनाएको भए सबैको प्रशंसा पाउँथे होला। यम बुद्ध कै भए पनि कुरा भन्दा व्यवहारमा बनाएर देखाएको भए नेपहपले सदा स्मरण गर्थे होलान।


टिप्पणी छोड्नुहोस्