कुन कुन नागको पूजा गर्दा के के फल पाइन्छ।


नाग दोषहरु, कालसर्प योगबाट हुने विभिन्न प्रभावहरु हटेर जान्छ

नाग पञ्चमी को दिनमा सम्पूर्ण नाग देवताहरुको पूजा गर्ने गरिन्छ। यसो गर्नाले नाग दोषहरु, कालसर्प योग बाट हुने विभिन्न प्रभावहरु जस्तै घरमा कमाउने एकजना खाने धेरैजना, खर्च अत्यधिक बढी हुनु, गरेका कामहरु हुन हुन खोज्ने तर अन्त्यमा नहुनु, सपनामा सर्पहरु देखीरहनु आदि।
नाग देवतालाई सहकालको देवता पनि मानिन्छ भने नाग देवता प्रसन्न भए खडेरी लाग्दैन र वर्षा हुन्छ भन्ने पनि मान्यता छ । पानीको मुहान हरु नाग देवताकै कारणले गर्दा पानी आउँछन् भनेर पानीका मुहान वा श्रोत मा नाग देवताको नाममा पूजा गर्ने गरिन्छ।

नाग देवताहरुमा अष्ट नागहरू आठ सर्प देवता हुन्। नाग देवतामा अनन्त वा शेष नागलाई नागको राजा मानिन्छ जुन भगवान विष्णुको शिरमा रहेको हुन्छ। त्यस्तै वाशुकी, तक्षक, कुलिक, कर्कोटक, पद्म, महापद्म र शङ्खपाल नामक नाग देवताहरु प्रमुख मानिन्छ। तिनीहरूको दैवी शक्तिहरूको लागि अलग-अलग पूजा गरिन्छ।जसको प्रभावले निम्न प्रतिफल पाइन्छ भनेर शास्त्रमा वर्णन गरिएको छ।

छोरा जन्माउनका लागि अनन्त वा शेष नागको पूजा गरिन्छ
कुलिकले चिसो सम्बन्धि रोग निको पार्छ
कन्या बच्चा जन्माउन वाशुकी नागको पूजा गरिन्छ
शङ्कपालले छाला सम्बन्धी रोगहरु निको पार्छ
तक्षकले शारीरिक शक्ति दिन्छ
महापद्मले मोक्ष प्राप्त गर्न मद्दत गर्छ
पद्माले राम्रो चरित्र प्रदान गर्छ
कर्कोटकले पाप मेटाउँछ


टिप्पणी छोड्नुहोस्